एडीबीको सदस्यमा अफगानिस्तान पनि थपियो



काबुल । अफगानिस्तानले पनि एसियाली पूर्वाधार विकास बैंक, एआइआइबीको स्थायी सदस्यता प्राप्त गरेको छ ।

अफगानिस्तानका अर्थमन्त्री अक्लिल हकिमीले हालै वासिङ्टनमा सम्पन्न एक बैठकमा सो सदस्यता प्राप्त गरेका थिए ।

अफगानिस्तान पनि सो बैंकको सदस्य बनेको समाचार अफगान अर्थ मन्त्रालयको वेभसाइटमा आइतबार राखिएको छ ।

सो बैंकको सदस्य बनेर अफगानिस्तानका लागि यहाँका राष्ट्रिय आयोजनाहरुको निर्माणमा ठूलो सघाउन पुग्ने अपेक्षा गरिएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् २०१५ मा स्थापना भएको सो बैंक विशेषगरी एसियाली क्षेत्रको पूर्वाधार तथा विविध विकासका लागि सहयोगी बैंकका रुपमा रहने जनाइएको छ ।


क्लिकमान्डु