नेप्सेमा सामान्य सुधार, ४० करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । आज नेप्से ४.०३ अंकले बढेर १५१०.०२ अंकमा अडेको छ ।

साताको अन्तिम दिन १ सय ५४ कम्पनीका ८ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ४० करोड ४८ लाख रुपैयाँ बराबरको सेयर किन बेच भएको छ ।

नेप्सेमा सामान्य सुधार देखिदाँ होटल समूह २.०१, ट्रेडिङ समूह ०.२५ र अन्य समूह ३०.०७ अंकले बढेका छन् ।

होटल समूह ४.०८, विकास बैंक समूह ५.४२, जल विद्युत समूह ७.०३, वित्तीय समूह ३.१३ र बीमा समूह २१.८ अंकले घटेका छन् ।

चिलिमे हाइड्रो पावर कम्पनीको सेयर ७ करोड २० लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।

रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.५३ प्रतिशतले कमाएका छन् ।

श्रृजना फाइनान्सका लगानीकर्ताले ४.८५ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल