गौचनको शव यात्रा सूरु, पशुपतिमा अन्त्यष्टि गरिने




काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको शव यात्रा सुरु भएको छ । गौचनको शवलाई प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा, उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

निर्माण व्यवसायी महासंघको कार्यालयमा गौचनलाई श्रद्धाञ्जली अर्पण गरिएको हो । निर्माण व्यवसायी महासंघको कार्यालयबाट बबरमहल, थापाथली, त्रिपुरेश्वर, शहिदगेट, विर हस्पिटल, जमल, केशरमहल, लैनचौर, नयाँ बजार पूलबाट बाँयाहुँदै थकाली सेवा समाजको केन्द्रिय कार्यालयसम्म शव यात्रा हुँदैछ । गौचनको शव आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।

असोज २३ गते अज्ञात समूहले गोली प्रहारगरी गौचनको हत्या गरेको थियो । हालसम्म गौचनको हत्या गर्ने समूहको पहिचान हुन सकेको छैन ।


पुष्प दुलाल