३२ करोडको कारोबार हुँदा नेप्से स्थिर




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक स्थिर भएको छ । आज नेप्से ३.३६ अंकले बढेर १५०५.९९ अंकमा अडेको छ ।

बुधबार १ सय ६३ कम्पनीका ७ लाख ५४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ३२ करोड २३ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्से स्थिर रहँदा ट्रेडिङ समूह ९.५४, होटल समूह २.११, होटल समूह ५.८३, विकास बैंक समूह ०.५३, जल विद्युत समूह १७.६३, बीमा समूह ६०.०८ र अन्य समूह ८.९७ अंकले बढेका छन् ।

बैंकिङ समूह ०.६, वित्तिय समूह ०.१४, उत्पादन मूलक समूह १४.३३ अंकले घटेका छन् ।

श्रृजना फाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले ७.८५ प्रतिशतले कमाएका छन् ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका ५.८८ प्रतिशत र काबेली विकास बैंकका लगानीकर्ताले ५.४५ प्रतिशतले गुमाएका छन् ।

 


पुष्प दुलाल