नेप्से स्थिर, ३० करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक मंगलबार स्थिर देखिएको छ । आज नेप्से ०.७४ अंकले बढेर १५०२.६३ अंकमा अडेको छ ।

मंगलबार नेप्सेमा १ सय ५५ कम्पनीका ६ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ३० करोड ७० लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।

विकास बैंक समूह ०.८५, वित्तीय समूह ४.५१ र अन्य समूह ८.६७ अंकले बढेका छन् ।

बैकिङ समूह ०.३ , ट्रेडिङ समूह ३.३८, होटल समूह ६.२१, जलविद्युत समूह ४.४१, बीमा समूह ८.९९ र उत्पादन मूलक समूह ११.६४ अंकले घटेका छन् ।

नेपाल बैंक लिमिटेडको १ करोड ३३ लाख रुपैयाँ र एभरेष्ट बैंक लिमिटेडको १ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

जानकी फाइनान्सका लगानीकर्ताले ३.७७ प्रतिशतले कमाएका छन् ।

हिमालयन डिस्टिलेरीका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल