काठमाडौं महानगरपालिका र अमेरिकाको फेड्रिकवर्ग नगरबीच भगिनी सम्बन्ध



काठमाडौं । अमेरिकाको फेड्रिकवर्ग नगर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र भर्जिनिया स्टेटको फेड्रिकवर्ग नगरका प्रमुख मेरी क्याथरिन ग्रीनले दुई सहरको सम्बन्ध स्थापना हुन सक्ने बताएका हुन् ।

प्रमुख शाक्यले कुनै पनि सहरको विकासका लागि सूचना तथा ज्ञानले टेवा पुग्ने बताए । साथै, उनले फेड्रिकवर्गकी नगर प्रमुख मेरी क्याथरिन ग्रीनलसँग कुराकानी गर्दै स्थानीय क्षेत्रको पहिचान कायम गर्दै समृद्धितर्फ जान विश्वव्यापी आपसी सम्बन्ध लाभदायी हुने बताए ।

२०७२ सालको भूकम्पले पु¥याएको क्षतिका विषयमा उल्लेख गर्दै प्रमुख शाक्यले काठमाडौंको सांस्कृतिक पक्ष जोगाउन समुदायसँग मिलेर, आफ्नै प्रयत्नमा र अन्तरराष्ट्रिय सहयोगमा काम भइरहेको समेत ग्रीनलाई अवगत गराए ।

भेटका क्रममा फेड्रिक नगरका मेयर ग्रीनलले भर्जिनिया स्टेटको सांस्कृतिक एवं सामाजिक पक्षमा चर्चा गर्दै काठमाडौं र फ्रेड्रिकवर्ग जोडिन सक्ने बताइन् । त्यसका लागि सरकारतर्फबाट पहल हुनु पर्ने उनको धारण थियो ।

विकास र जीवन पद्धतिका रोचक पक्षको संयोजनले सहरी समृद्धि बढ्ने मेयर ग्रीनलको भनाइ थियो ।

मेयर ग्रीनलको नेतृत्वमा आएको १० सदस्यीय टोलीमा नगरका अधिकारी, नागरिक तथा ग्लोवल पीस फाउन्डेसनका अध्यक्षसहितको सहभागिता थियो ।

फेड्रिकवर्ग नगर सांस्कृतिक सहर

संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन वाट ४५ माइल अर्थात् ७२ किलोमिटर दक्षिण र भर्जिनियाको राजधानी रिचमण्डबाट ५८ माइल अर्थात् ९३ किलोमिटर उत्तरमा रहेको फेड्रिकवर्ग कोलोनियल कालखण्डसँग इतिहास जोडिएको स्थान हो । अमेरिका, अफिका तथा एशियालगायतका स्थानमा युरोपियन शक्तिको प्रभाव रहेको (१६ देखि २० औं शताव्दी) अवधिमा यो स्थान प्रोमिनियल पोर्टका रुपमा प्रयोग भएको थियो ।

नागरिक अधिकार प्राप्तिकालागि भएको संघर्षका क्रममा पहिलो र दोश्रो पटक फ्रेड्रिकवर्ग युद्ध भएको स्थानलाई अहिले स्पोर्टसलभनिया नेशनल मिलिटरी पार्कका रुपमा संरक्षण गरिएको छ ।

यहाँका मानिसहरु रेल, वस वा कार चढेर वासिङ्टन, रिचमण्डलगायतका क्षेत्रमा काम गर्न पनि जान्छन् । त्यसका अतिरिक्त मेरी वासिङ्टन युनिभर्सिटी, मेरी वासिङ्टन हेल्थकेयर, गभर्नान्स इम्प्लोइ इन्स्योरेन्स कम्पनीलगायतका संघ संस्थामा पनि धेरै मानिसले रोजगारी पाएका छन् ।


पुष्प दुलाल