अर्थशास्त्रको नोबल पुरस्कार रिर्चाड थलरलाई




अर्थशास्त्रको नोबल पुरस्कार रिर्चाड थलरले जितेका छन् । यूनिर्भसिटी अफ सिकागोका प्रफेशर थलरलाई ‘ अर्थशास्त्रको व्यवहारमा पुर्याएको योग्दानका आधारमा नोबल पुरस्कार दिइएको हो ।

१९४५ मा जन्मेका थलर अमेरिकाको शीर्ष आर्थिक विशेषज्ञ हुन् । उनले मानिसहरुले रिर्टायर लाइफका लागि कसरी बचत गर्छ भन्नेदेखि फुटबल टोलीले राष्ट्रिय लिगका लागि बार्षिक रुपमा कसरी खेलाडी छनोट गर्छ भन्नेबिषयमा विज्ञता हासिल गरेका छन् ।

उनले सन् १९७४ मा युनिर्भसिटी अफ रोजेस्टरबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् ।


पुष्प दुलाल