फोहोर फाल्न नुवाकोटे फकाउँदै विद्यासुन्दर, ककनी र धुनबेसीलाई महानगरले दियो २ करोड



काठमाडौं । काठमाडौं महानगरपालिकाले धादिङको धुनवेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकालाई १/१ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

महानगरपालिकाले फोहोर प्रभावित क्षेत्रका धुनवेसी नगरपालिका र ककनी गाउँपालीकालाई सो रकम दिएको हो । काठमाडौंबाट दैनिक निस्कने १२ सय टन फोहोर सिस्डोलमा फालिँदै आइएको छ । यो धादिङ र नुवाकोटमा पर्छ ।

शुक्रबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धुनबेसी नगरपालिका र ककनी गाउँपालिकालाई १/१ करोड रुपैयाँ हस्तान्तरण गरेको महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष नुच्छेकाजी महर्जनले जानकारी दिए ।

महानगरपालिकाले बार्षिक रुपमा फोहोरबाट प्रभावित यी दुई स्थानीय तहलाई रकम वितरण गर्ने गरेको उनले जानकारी दिए ।

‘धुनबेसी नगरपालिका र ककनी गाउँपालिका फोहोरबाट प्रभावित ठाउँ हो, सो स्थानको विकासमा योग्दान गर्नका लागि महानगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गरिएको होे,’ महर्जनले क्लिमाण्डूसँग भने ।


पुष्प दुलाल