एमाले र माओवादीबीच चुनाव चिन्हमा कुरा मिलेन



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिलेर लड्न लागेका नेकपा एमाले र माओवादी केन्द्रबीच एउटै चुनाव चिन्हमा चुनाव लड्ने विषयमा सहमति जुटेन ।

एमाले र माओवादीबीच ६० र ४० प्रतिशत भागबन्डामा निर्वाचन लड्ने सहमति भएको छ ।

अहिले ५ बजे एमाले र माओवादी निर्वाचनमा हुन लागेको एलायन्सको विषयमा पत्रकार सम्मेलन गर्दैछन् । एमाले र माओवादीबीच पार्टी एकतासम्म जानेगरी सहमति बनेको छ ।


क्लिकमान्डु