भर्खरै सार्वजानिक भएको ‘आइफोन-८ प्लस’ खोल्ने वित्तिकै पड्केर फुट्यो



काठमाडौं । विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले यहि सेप्टेम्बरमा विश्वभर नयाँ आइफोन ८ तथा आइफोन ८ प्लस सार्वजनिक गरेको थियो । यो फोन केहि मुलुकहरुमा उपलब्ध भईसकेको छ भने नेपालमा केहि दिनमा नै सार्वजनिक हुने तयारीमा छ ।

आइफोन ८ र ८ प्लसले बजारमा त्यति धेरै प्रभाव नपारेपछि यसको चर्चा र क्रेज भने घटेको छैन् । तर यहि बीचमा आइफोन ८ प्लस फुटेर खुलेको समाचारहरु बाहिर आएका छन् ।

भर्खरै सार्वजनिक भएको आइफोन ८ प्लस ग्राहकले खरिद गरेर प्रयोग गर्दा आफसे आफैं फुटेर खुलेको समाचार ताइवान र जापानबाट आएको छ ।

दूबै रिपोर्टहरुका अनुसार यी दुबै फोनहरु आफंै खुलेका हुन् । प्रयोगकर्ताहरुले फुटेर खुल्दा बिग्रिएको भनिएको फोनको तस्वीरहरु सार्वजनिक गरेका छन् ।

समाचारअनुसार ताइवानकी एक महिला ग्राहकले आइफोन ८ प्लस ५ दिनसम्म प्रयोग गरे र चार्ज गरिरहेको बेला आइफोन ८ प्लस फुटेर खुलेको थियो । यस्तो समस्या ब्याट्री फुलेर भएको बताईएको छ, ब्याट्री फुलेपनि यसमा कुनै आगलागी भने भएर केबल आइफोन फुटेर खुल्यो ।

त्यसैगरी जापानका एक ग्राहकले खरिद गर्दा पाएको आइफोनको बक्समा फुटेको अर्थात हार्डवेयर खुलेको आइफोन ८ प्लस पाएका छन् ।

उनले सो आइफोनको तस्वीर पनि सार्वजनिक गरेका छन जसमा आइफोन ८ प्लस ब्याट्री फुल्दाखेरी खुलेको छ । यस्तो घट्ना आइफोनमा भएको पहिलो घट्ना हो ।


पुष्प दुलाल