भारतमा अर्को वर्षसम्म सबैको घरमा बिजुली पुग्ने मोदीको घोषणा



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी वर्ष सन् २०१८ को अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली पुग्ने बताएका छन् ।

उनले यससम्बन्धी कार्यक्रमको मङ्गलबार घोषणा गरे । आगामी बर्षको अन्त्यसम्ममा सबै भारतीयको घरमा बिजुली बत्ती पुगिसक्ने उनको आश्वासन दिए ।

भारतमा बिजुली बत्ती नपाएका ४ करोडभन्दा बढी घरमा अबको बढीमा १५ महिनाभित्रमा बिजुली पुग्ने योजना भारतीय सरकारले ल्याएको हो ।

यसका लागि भारत सरकारले मङ्गलबार एक नयाँ आयोजनाको पनि घोषणा गरेको छ । उक्त आयोजना साढे दुई अर्ब अमेरिकी डलर बराबरको हो । यसबाट भारतका बाँकी रहेका घरधुरीमा अब बिजुली बत्ती पुग्ने अनुमान गरिएको ।

प्रधानमन्त्रीको यस घोषणालाई कतिपय राजनीतिक विश्लेषकहरुले भने प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी कार्यक्रम पनि भनेका छन् ।

उनीहरुले भारतमा आगामी सन् २०१९ मा अर्थात करिब डेढ बर्षपछि नै नयाँ आम निर्वाचनको समय आएकोले अबको निर्वाचनकै लागि उनले यो चुनावी कार्यक्रम ल्याएको भनेका छन् । ।

भारतमा रहेको जम्मा २५ करोड घरधुरीमध्ये अझै पनि ४ करोड घरमा बिजुली छैन र यो कम्तीमा पनि २० प्रतिशत हुन आउँछ ।

प्रधानमन्त्री मोदीले मङ्गलबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘भारतमा अझै पनि कम्तीमा २० प्रतिशत नागरिकमा बिजुली पुगेको छैन उनीहरुलाई आगामी बर्षको अन्त्यसम्ममा पुर्याइने छ ।’

यो क्षेत्र गाँउ होस वा सहर होस, उनीहरुको प्रत्येक घरमा आगामी बर्षको अन्त्यमा बिजुली पुग्नेछ, यसमा ढुक्क हुन उनले जोड दिए ।


क्लिकमान्डु