दशैंलाई नेप्सेको हरियो सलाम, ४ अंकको वृद्धि



काठमाडौं । दशैंलाई नेपाल स्टक एक्सेन्ट (नेप्से) परिसुचकले हरियो सलाम गरेको छ । दशैं विदा अघिको अन्तिम दिन नेप्से ४.०२ अंकले बढेको हो । नेप्से १५४९.४६ अंकमा अडेको छ ।

मंगलबार १ सय ५२ कम्पनीका ७ लाख ५६ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ३२ करोड ७४ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ५.२५, विकास बैंक समूह ११.६१, वित्तिय समूह १.८८, बीमा समूह ३.७७ र अन्य समूह २.६१ अंकले बढेका छन् ।

होटल समूह २३.१९, जल विद्युत समूह ६.४९, उत्पादन मुलक समूह १८.८९ र ट्रेडिङ समूह २०.७८ अंकले घटेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड २३ लाख रुपैयाँ र नेपाल लाईफ इन्स्योरेनसको १ करोड २२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

कनकाई विकास बैंकका लगानीकर्ताले ५.५८ प्रतिशतले कमाएका छन् ।

विसाल बजार कम्पनीका लगानीकर्ताले ९.७९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल