अमेरिका प्रवेशमा ट्रम्पले लगाए प्रतिबन्ध, नेपालीलाई के होला ?




मेरिल्याण्ड, अमेरिका । यसअघि मुस्लिम बाहुल्यता रहेका ६ राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका राष्ट्रपति डोेनाल्ड ट्रम्प प्रशासनले आइतबार राती केही देशहरु थपघट गरी नयाँ यात्रा प्रतिबन्द्धको घोषणा गरेको छ ।

ट्रम्प प्रशासनले ६ मूलुकका आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको समय सकिनै लाग्दा आइतबार उत्तर कोरिया सहित ८ वटा मुलुकका आप्रवासीलाई अमेरिका प्रवेशको लागि भिषा नदिइने आदेश जारी गरिएको हो ।

घोषणाअनुसार यस अगाडि यात्रा प्रतिबन्धको घोषणा गरिएको ६ मध्ये ५ मुलुकको प्रतिबन्धलाई निरन्तरता दिईएको छ भने बाँकी ३ नयाँ देश थपिएको छ । पहिला प्रतिबन्ध लगाईएको सुडानको भने प्रतिबन्ध फुकुवा गरिएको छ ।

नेपालको मात्र नभएर संसारको सबै देशबाट अहिले अमेरिकाले शरणार्थी स्वीकार गरेको छैन । बाँकी कानूनी रुपमा रहेका नेपालीहरुमाथी अहिलेसम्म कुनै धरपकड तथा कुनै आदेश आएका छैनन् ।

नयाँ आदेशअनुसार चाड, उत्तर कोरिया र भेनेजुएलाका आप्रवासीलाई अमेरिका प्रवेशमा कडाई गरिने भएको छ । यसअघि नै प्रतिबन्ध लगाईएको इरान, यमन, सिरिया, लिबिया, सोमालियाका नागरिकलाई पनि प्रतिबन्ध निरन्तरता दिईएको छ ।

पहिला आएको मुसलमान बहुल ६ मुलुकका आप्रवासीलाई अमेरिका आउन कडाई गर्ने नीतिकै परिमार्जनसहित सोही भावको नयाँ नीति आएको यहाँको समाचारसंस्था सीएनएन  ले जनाएको छ ।

शिबहरि खतिवडा

स्थानीय समय अनुसार आइतबार अबेर गरेर आएको कार्याकारी आदेशपछि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन् ‘हामी ती देशका नागरिकलाई अमेरिका प्रवेश गर्न दिँदैनौं, जसले अमेरिकालाई सुरक्षित राख्न सक्दैन ।’

यसअघि गत मार्चमा एक कार्यकारी आदेश जारी गर्दै ट्रम्प प्रशासनले ६ मुश्लीम बाहुल्यता रहेका देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्ने घोषणा गरेको थियो । जसको व्यापक विरोधको साथै मुद्दा अदालतसम्म पुगेको थियो ।

आईतबार रातीबाटै ८ मुलुकका नागरिकको लागि जारी गरिएको सबै किसिमको भिषाहरु रद्द गरिएको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरिया र सिरियाका सबै किसिमको भिषा रद्द भएका छन् भने विद्यार्थीबाहेकका ईरान, चाड, लिबिया र यमनी नागरिकाको सबै भिषा रद्द गरिएको छ ।

आतंककारी गतिविधी नियन्त्रण नगर्नेमाथि पनि प्रतिबन्ध

ह्वाईट हाउस स्रोतलाई उदृत गर्दै यहाँका स्थानीय संञ्चार माध्ययहरुमा आएका समाचारहरुअनुसार ह्वाईट हाउसले आतंककारी गतिविधि नियन्त्रणको लागि प्रभावकारी भूमिका निर्वाह नगर्ने थप देशहरु माथि अध्ययन गरिरहेको छ ।

यहाँको होमल्याण्ड सेक्यूरेटीले हालै ह्वाईट हाउसलाई बुझाएको प्रतिवेदनमा आतंककारीलाई सजिल्यै आफ्नो भूमिको प्रयोग गर्न दिएका तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा प्रर्याप्त सुरक्षा सावधानीहरु नअपनाएका त्यस्ता कयौं देशका नाम छन् ।

आतंककारी गतिविधीको सूचना नदिने तथा विमानस्थलमा उचित सुरक्षा सावधानी नअपनाउने थप मुलुकका नागरिकलाई पनि अमेरिका आउन कडाई गर्ने नीतिको तयारीमा ह्वाईट हाउस लागेको समाचारहरुमा जनाईएको छ ।

होमल्याण्डले के प्रतिवेदन बुझाएको छ भन्ने नखुलाईएपनि उच्चस्रोतलाई उदृत गर्दै आएको समाचारहरुमा विश्वमा पछिल्लो समय भएका आतंककारी आक्रमणका घटनाहरुप्रति प्रतिवेदन केन्द्रीत रहेको जनाईएको छ ।

नेपालीलाई के हुन्छ ?

अमेरिकामा राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको शपथग्रहण गरेपछि आएको विभिन्न कार्यकारी आदेशलाई नेपाल र नेपालीलाई जोडेर विभिन्न समाचार र सुचना सामाजिक सञ्जाल र मिडियामा आइरहे पनि अहिलेसम्म ट्रम्प प्रशासनबाट आएका कार्यकारी आदेशहरुमा नेपाल र नेपाली विशेष कुनै पनि कुरा समावेस छैन ।

तर, विश्वभरका देशबाट अमेरिकाले स्वीकार गर्ने शरणार्थीको हकमा रोक लगाउने आदेशको कारण भने अमेरिका जाने तयारीमा नेपालमा रहेका भुटानी शरणार्थीहरु रोकिएका छन् ।

नेपालको मात्र नभएर संसारको सबै देशबाट अहिले अमेरिकाले शरणार्थी स्वीकार गरेको छैन । बाँकी कानूनी रुपमा रहेका नेपालीहरुमाथी अहिलेसम्म कुनै धरपकड तथा कुनै आदेश आएका छैनन् । नेपालबाट आउने क्रममा रहेका आप्रवासी तथा अरु भिषासमेत नरोकिएको समाचारहरु आएका छन् ।


पुष्प दुलाल