सिटिजन्स बैंकले १७ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सिटिजन्स बैंकले १६.८५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको ११ औं वार्षिक साधारण सभाले सो बोनस सेयर दिने निर्णय गरेको हो ।

बैंकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट सेयरधनीहरुलाई करीब १६.८५ प्रतिशत बोनस सेयर तथा नगद लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७३/७४ को अन्त्यमा बैकको चुक्तापूँजी ६ अर्ब ९२ करोड १६ लाख ८९ हजार रुपैयाँ कायम रहेको छ । प्रस्तावित १७ प्रतिशत बोनस सेयर वितरण पश्चात् बैंकको चुक्तापूँजी ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपैयाँ कायम हुन्छ ।

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आर्जन गरेको संचित मुनाफाबाट बैंकको हालको चुक्तापुँजीको १६.८५ प्रतिशत अर्थात १ अर्ब १० करोड ७४ लाख ७० हजार ३ सय ४६ रुपैयाँ बोनस सेयर तथा सोको लागि आवश्यक करको निम्तिहालको चुक्तापुजीँको करीब ०.८५ प्रतिशत अर्थात् ५ करोड ८२ लाख ८७ हजार ९ सय १३ रुपैयाँ नगदलाभांश दिने भएको छ ।

२०७४ आषाढ मसान्तको बैंकको वासलात, आर्थिक वर्ष २०७३/७४ को नाफा–नोक्सानहिसाब, नाफा–नोक्सान बाँडफाँंड हिसाब, नगदप्रवाह विवरण तथा अन्य सम्पूर्ण वित्तीय विवरणहरू साधारण सभाले स्वीकृत गरेको छ ।

साधारण सभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

बैंकको ६२ वटा शाखा, ६१ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५०हजार ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकवर्गहरूलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।


पुष्प दुलाल