दशैंमा सेनाले काठमाडौंमा निःशुल्क बस चलाउने



काठमाडौं । दशैंका दिन काठमाण्डौं उपत्यकाभित्र नेपाली सेनाले निशुल्क बस सञ्चालन गर्ने भएको छ ।

टीकाको दिन परेकाले सार्वजनिक सवारी साधन न्यूनमात्र चल्दा सर्वसाधारणलाई समस्या हुने भन्दै सेनाले उक्त दिन राजधानीका विभिन्न रुटमा बस सञ्चालन गर्न लागेको हो ।

बिहान ६ः३० बजे, ११ः०० बजे, बेलुका ०४ बजे निम्नअनुसारको रुटमा एक एक वटा निशुल्क बस सञ्चालन हुने जनाएको छ ।

रुट नं.१– भद्रकाली, माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।

रुट नं.२— भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माईतीघर ।

रुट नं.३— भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली ।

रुट नं.४— भद्रकाली, माईतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।

९ङ० रुट नं।५— भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट ।
रुट नं.६— भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

रुट नं.७— भद्रकाली, माईतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, भद्रकाली ।

रुट नं.८— भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।

त्यसैगरी बडादशैं २०७४ को उपलक्ष्यमा घर बिदामा जाने सकलदर्जा तथा आश्रित परिवारको सहजताका लागि सेनाले देशका विभिन्न स्थानमा निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।

असोज ०५ गतदेखि १२ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवलसम्म निशुल्क दोहोरो बस सेवा सञ्चालन गरिने सेनाले जनाएको छ ।

समयमा नै गोरखा, सिन्धुली, चौतारा, हेटौडा, नारायणगढ, सिराहा–राजविराज, कोहलपुर–सुर्खेत र त्रिशूलीसम्म जाने र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भईरहेको सेनाले जनाएको छ ।

सो बसहरु सम्बन्धित स्थानबाट प्रत्येक दिन बिहान ०७ः०० बजे छुट्ने बताइएको छ । प्रतिसैनिक बढीमा ५ जना परिवारका सदस्यले निःशुल्क बस सेवाको सुविधा लिन पाइने छ ।


पुष्प दुलाल