कैलाश विकास बैंकले १९.५० प्रतिशत लाभांस दिने



काठमाडौं । कैलाश विकास बैंकले सेयरधनीलाई १९.५० प्रतिशत लाभांस दिने भएको छ । असोज ६ गते बसेको बैंको सञ्चालक समितिले १० प्रतिशतन बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिले गरेको यो निर्णय नियामक राष्ट्र बैंक र बैंक स्वयंको साभारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ । बैंकले गत आर्थिक वर्षमा कमाएको नाफाबाट लाभांस दिने भएको हो ।


पुष्प दुलाल