६० भेडा च्याङ्ग्रा बाटोमै मरेपछि व्यापारीलार्इ दश लाख नोक्सान



पर्वत । हिमालपारिको जिल्ला मुस्ताङबाट ट्रकमा ल्याइएका भेडा च्याङ्ग्रा सोमबार बाटोमै मरेका छन् ।

दशैँ र तिहारका लागि लक्षित गरी पोखरा लैजाँदै गरेका करिब ६० भेडा च्याङ्ग्रा बाटोमै मरेका हुन् । पोखराका व्यापारी प्रवीण अधिकारीले ल्याएका च्याङ्ग्रा एउटै ट्रकभित्र जबर्जस्ती कोचिएका कारण मरेका हुन् ।

अधिकारीले २२ लाख रुपैयाँको लगानीमा १३० भेडा च्याङ्ग्रा ल्याएको बताए । उनले पाँच दिन लगाएर उपल्लो मुस्ताङबाट भेडा च्याङ्ग्रा ल्याएको बताए ।

च्याङ्ग्रा मरेपछि अधिकारीको झण्डै १० लाख रुपैयाँभन्दा बढी नोक्सान भएको छ । अन्य च्याङग्रा पनि अस्वस्थ छन् ।


क्लिकमान्डु