सयपत्री हाइड्रोको आइपिओ आउँदै, असोज २४ गते बोलाइयो साधारणसभा



काठमाडौं । बाग्लुङमा आयोजनास्थल रहेको दरमखोला जलविद्युत् आयोजनाको प्रवद्र्धक सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।

साधारण सेयर जारी गर्ने विषयमा निर्णय गर्न यही असोज २४ गते साधारण सभा बोलाइएको कम्पनीले जनाएको छ ।

कम्पनीले २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउन आयोजना प्रभावितलाई पहिलो चरणमा सिमित आइपिओ जारी गर्न लागेको हो ।

तर आइपिओ कति कित्ता निष्काशन गर्ने भन्ने बारेमा भने साधारणसभाले नै निर्णय गर्ने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल