आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त



काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदबाट बर्खास्त भएका छन् ।

निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई सोमबार बसेको मन्त्री परिषदको बैठकले पदबाट हटाएको हो ।

संसदीय समिति र मन्त्रालयको अध्ययनबाट इन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापा र सर्लाहीमा करिब चार गुणा बढी मूल्य तिरेर अनियमितता गरेको विभिन्न अनुसन्धान प्रतिवेदनले पुष्टि गरेपछि सरकारले खड्कालाई पदच्यूत गरेको हो ।


पुष्प दुलाल