इन्भेष्टर्स फोरमको अध्यक्षमा अम्बिका पौडेल चयन



काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्षमा अम्बिका पौडेल चयन भएका छन् ।

हाथवे इन्भेष्टमेन्टका प्रवन्ध निर्देशक पौडेल सेयर बजारका ठूला लगानीकर्ता हुन् ।

यस्तै फोरमको उपाध्यक्षमा छोटेलाल रौनियार चयन भएका छन् । उनीपनि ठूला लगानीकर्तामा पर्छन् ।

फोरमको अध्यक्षमा डा आत्मराम घिमिरे र उपाध्यक्षमा रणकेशव प्रधानले राजिनामा दिएपछि पौडेल र रौनियार अध्यक्ष र उपाध्यक्षम चयन भएका हुन् ।

यस्तै फोरमले कार्यकारिणी सदस्यमा अञ्चिव तुलाधर र अतितलाल श्रेष्ठलाई मनोयन गरेको जनाएको छ ।

फोरमले नेप्सेको सिइओ छिटो नियुक्त गर्न माग गरेको छ ।


क्लिकमान्डु