तराईमा आएको बाढीले आर्थिक बृद्धिदर घटाउने : विश्व बैंक



काठमाडौं । तराईमा आएको बाढीको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने विश्व बैंकले जनाएको छ ।

विश्व बैैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपटेडमा बाढीको असर आर्थिक बृद्धिदरमा देखिने उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक गर्र्दै विश्व बैंकका अर्थशास्त्री सुद्युम्न दाहालले आर्थिक बृद्धिदर घट्ने भएपनि अहिले कति प्रतिशत घट्छ त्यो भन्न नसकिने बताए ।

‘लक्ष्य अनुसारको आर्थिक बृद्धिदर हासिल हुन चुनौती छ,’,उनले भने,‘अहिले नै यती प्रतिशतले आर्थिक बृद्धिदर खुम्चिने भन्न हतार हुन्छ।’

सरकारले चालु आर्थिक वर्षमा साढे ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ ।

बाढीले १७ लाख मानिस प्रभावित भएको र ६५ हजार घरमा असर परेको तथा अर्थतन्त्रको आधारशिला मानिने पशुपालन र कृषि क्षेत्रमा असर गरेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले नेपाली अर्थतन्त्रमा तीनवटा मुख्य चुनौतीको रुपमा भूकम्पपछिको पुननिर्माण तथा अहिले गएको बाढीको असर तथा खाडीमा घट्दै गएको रेमिटेन्स र संघियता कार्यान्वयनलाई मानेको छ ।

 


क्लिकमान्डु