सनराइज बैंकको सवा ७ लाख कित्ता शेयर लिलामीमा



काठमाडौं । सनराइज बैंकले नबिकेको हकप्रद शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक तथा सर्वसाधरण समूह तर्फको हकप्रद शेयर लिलामा बिक्री गर्न लागेको हो । बैंकले आगामी असोज ८ गते देखि २२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ ।

बैंकले गत जेठ १६ देखि असार १९ सम्मको लागि हकप्रद बिक्री खुल्ला गरेको थियो । बैंकले संस्थापक तर्फ ७२ हजार ६ सय १२ कित्ता र सर्वसाधरण तर्फको ६ लाख ३८ हजार १ सय ३१ कित्ता गरी ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर लिलाम बढाबढमा बिक्री गर्न लागेको हो ।

आवेदन दिनको लागि सनराइज् क्यापिटल लिमिटेडमा १ सय रुपैयाँ नघटाई आवेदन दिनुपर्ने छ । बैंकको बिहिबार ३ सय ४२ रुपैयाँमा कारोबार भएको थियो ।


क्लिकमान्डु