१५ सयबाट ओर्लियो नेप्से, ६३ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सेन्ट (नेप्से) परिसुचक ९ अंकले घटेको छ । नेप्से १४९३.२६ अंकमा अडेको छ ।

बुधबार १ सय ६० कम्पनीका १४ लाख ९७ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ६३ करोड ६९ लाख ८९ हजार रुपैयाँको कारोबार भएको छ ।

बैंकिङ समूह ११.२६, विकास बैंक समूह २४.०५, उत्पादन मूलक समूह २२.६३ र अन्य समूह ६.०८ अंकले घटेका छन् ।

होटल समूह १०.७४, जल विद्युत समूह १२.४७, वित्तिय समूह ९.७१ र बीमा समूह ८.९१ अंकले बढेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ३१ लाख रुपैयाँ र जनता बैंक नेपालको २ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

एभरेष्ट बैंक प्रमोटर सेयरका लगानीकर्ताले ५.८५ प्रतिशतले कमाएका छन् ।

लक्ष्मी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतले गमाएका छन् ।


पुष्प दुलाल