मेक्स अप्सन कारोबार अब आईओएसमा पनि



काठमाडौं । मेक्स नेपालले अप्सन कारोबारका लागि आईओएस संस्करण बजारमा ल्यएको छ । आई फोन तथा आई प्याड प्रयोगकर्ताहरुले अब एप स्टोरमाबाट अप्सन कारोबारका लागि मेक्सएन नेपाल ट्रेडर डाउनलोड गर्न सक्नेछन् । उक्त एप्लिकेसनबाट अप्सन सम्बन्धी सम्पूर्ण कारोबार गर्न सकिनेछ ।

यसअघि नै एन्ड्रोइड संस्करणमा यस्तो एप आइसकेको थियो । एन्ड्रोइड संस्करणमा उपलब्ध सबै विशेषताहरु आईओएस संस्करणमा उपलब्ध रहेका मेक्स नेपालले जानकारी दिएको छ । एक सय रुपैयाँ बराबरको न्यूनतम लागानीबाट कारोबार सुरु गर्न सकिन्छ ।

१ मिनेटदेखि ४ घण्टाको मध्यान्तरका अप्सन करारहरु उपलब्ध भएका कारण छोटो समयका लागि लगानी गर्ने कारोबारीहरु पनि यस प्रतिआकर्षित भैरहेको कम्पनीको दाबी छ ।


पुष्प दुलाल