मुनाल सहकारीको अध्यक्षमा हुमागाई



कास्की । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको अध्यक्षमा दर्गाप्रसाद हुमागाई चयन भएका छन् । संस्थाको ९ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट हुमागाई अध्यक्षमा चयन भएका हुन् ।

यस्तै, समितिको उपाध्यक्षमा खेमनारायण खनाल, सचिवमा मगनलाल श्रेष्ठ र कोषाध्यक्षमा नारायणबहादुर थापा रहेका छन् । समितिको सदस्यहरूमा रमेश पौडेल, मुक्तिनाथ अधिकारी, सुदर्शन न्हुच्छे प्रधान, सुधा थापा, तिलकबहादुर प्रधान, डा विष्णुप्रसाद चापागाईं र डिलकुमारी पौडेल चयन भए ।

लेखा समिति संयोजकमा सुशन पौडेल तथा सदस्यमा डिलाराम लामिछाने र डा. भवानी शंकर पौडेल रहेका छन् ।


पुष्प दुलाल