एभरेष्ट बैंकको भारतबाट नेपाल रकम पठाउने अन्तरक्रिया सम्पन्न




काठमाडौं । एभरेष्ट बैंकले भारतबाट सहज ढङ्गले नेपाल रकम पठाउने वातावरण निर्माणका लागि अन्तरक्रिया गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नेपाल ट्रावल तथा टुर एजेन्ट संघका अध्यक्ष मधु सुदन आचार्यले भारतबाट सहज रुपमा नेपाल रकम पठाउने विषयमा टुरका एजेन्टसँग अन्तरक्रिया गरेको छ ।

बैंकले पन्जाब नेसनल बैंक जोइन्ट मेन्चर पाटनर बाट नेपाल भारत रेमिट्यान्स रकमान्तर गर्दै आएको छ । यस सुविधामा ग्राहकहरुले पन्जाब नेसनल बै.कका शाखाहरु, पन्जाब नेसनल बैंकको मोबाइल वा इन्टरनेट बैंकिङ सुविधा व्यावसायिक प्रतिनिधिहरु मार्फत एभरेष्ट बैंकमा रकम पठाउन सक्छन् ।

अन्तरक्रियाको मुख्य उद्देश्य भारतबाट नेपाल सजिलो तथा भरपर्दो माध्यमबाट रकम पठाउन सकिने सुबिधाबारे जानकारी दिनु रहेको बैंकका नायब महाप्रबन्धक राजीव जेनले जानकारी दिए ।

बैंकले ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएमबाट सेवा प्रदान गर्दै आएको छ ।


पुष्प दुलाल