५ लाख घुस लिँदै गर्दा ३ कर्मचारी पक्राउ



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिँदै गर्दा ३ कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई आज बिहान पक्राउ गरेको हो ।

आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।

पक्राउ पर्नेले ४ सय ५० वटा ट्याक्सीलाई गुणस्तरयुक्त छ भनेर प्रतिट्याक्सी १ हजार ५ सय रुपैयाको दरले ६ लाख ७५ हजार रुपैयाँ मागेका थिए । तर बार्गेनिङ गर्दा ५ लाख रुपैयाँ मात्र लिने शर्तमा घुस लिँदै गर्दा घुस रकमसहित पक्राउ गरिएको हो । रासस


पुष्प दुलाल