ट्रान्सन होल्डिङ्गका ३ ब्रान्ड नेपाली बजारमा




काठमाडौं । चिनियाँ कम्पनी ट्रान्सन होल्डिङ्गले ३ वटा ब्राण्डका मोबाइल नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले काठमाडौंमा एक कार्यक्रमका बीच टेक्नो, आइटेल र ओराइमो ब्राण्डको मोबाइल सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ग्राहकहरुले ओराइमो मोबाइलमा मा १२ महिनाको वारेण्टी साथै टेक्नो मा १२ं१ महिना र आइटेलमा १२ महिनाको वारेण्टी सहित १०० दिनसम्म सट्टा गर्न मिल्ने वारेण्टी सुविधा समेत पाउने जानकारी गराएको छ ।
ट्रान्सन होल्डिङ्ग नेपालका मुख्य प्रबन्ध निर्देशक मार्कोमाले मोबाइल फोन र एक्सेसरिजका लागि नेपालमा ठूलो सम्भावना भएको जिकिर गरे ।

उनले ग्राहकहरुको समय अनुसारको मागलाई अझै पनि पूरा गर्न नसकिएको अवस्थामा यी ३ मोबाइल लन्च गरेर ग्राहकहरुको चाहनालाई परिपूर्ति गर्ने र ग्राहकहरुलाई विशिष्ट एवं अत्याधुनिक सेवा प्रदान गर्ने लक्ष्य राखिएको बताए ।

यस अघि कम्पनीले ४ वटा टेक्नो स्मार्ट फोनहरु आइ सेभेन, सिएक्स एअर, डब्लुएक्स थ्रि र डब्लुएक्स फो नेपाली बजारमा भित्राइ सकेको छ ।


पुष्प दुलाल