१२ अंकले बढ्यो नेप्से, ८३ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ११.९४ अंकले बढेको छ । नेप्से १५६६.५० अंकमा अडेको हो ।

आज १ सय ६४ कम्पनीका १६ लाख ४३ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । आइतबार ८३ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूह ११.८१, होटल समूह २२.०३, विकास बैंक २०.६९, जल विद्युत समूह ३.०४, वित्तिय समूह १.२, बीमा समूह ५५.२५, अन्य समूह ९.२५ अंकले बढेको छ ।

आज उत्पादन मूलक समूह ४८.०२ अंकले घटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको ७ करोड रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । यस्तै, आरएसडीसी लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् ।

सिद्धार्थ इनक्यूटी ओरिन्टेड स्किम र नगडी ग्रुप पावरका लगानीकर्ताले ८.७९ र ८.२७ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल