कार्यकाल २ वर्ष बाँकी रहँदै ग्लोबल आइएमइ बैंकका सीइओ अनिल ज्ञवालीले राजिनामा दिए



काठमाडौं । ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले राजिनामा दिएका छन् । कार्यकाल सकिन दुई वर्ष बाँकी रहँदै ज्ञवालीले राजिनामा दिएका हुन् । ज्ञवाली राजिनामा बुझाएर बिदामा बसेका छन् ।

‘मैले सञ्चालक समिति समक्ष राजिनामा बुझाइसकेको छु, बाँकी कुरा एक हप्तापछि गरौंला,’ ज्ञवालीले क्लिकमाण्डूसँग भने ।

तत्कालीन ग्लोबल बैंक छाडेर नविल बैंकको सीइओ बनेका ज्ञवाली नविल बैंक छाडेर ग्लोबल आइएमइ नै फर्किएका थिए । ज्ञवालीले तत्कालीन नेपाल अरब बैंक (अहिलेको नबिल) बाट ३२ बर्षअघि बैंकिङ करियर सुरु गरेका थिए ।


पुष्प दुलाल