२५ अंकले घट्यो नेप्से, ८४ करोडको कारोबार



काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.४७ अंकले घटेको छ । २५ अंकले घटेर नेप्से १५५४ .५६ अंकमा अडेको हो ।

नेप्सेका अनुसार आज १ सय ५२ कम्पनीका १५ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर खरिद बिक्री भएका छन् । ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु घटेका छन ।

उत्पादन मूलक समूह १८.४६, विकाश बैंक समूह ३६.१७, जलविद्युत समूह १९.७३, बैंकिङ समूह २५.७४, बीमा समूह १३६.७३, वित्तिय समूह ४.० र होटल समूह १२.२५, अन्य समूह ४.९१ अंकले घटेका छन् ।

आरएसडिसी लगुवित्त वित्तिय संस्थानका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाएका छन् ।
हाम्रो विकास बैंकका लगानीकर्ताले ६.९७६९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल