सानिमा बैंकले १६ प्रतिशत बोनस दिने



काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । गत भदौ १६ गते बसेको बैंकको सञ्चालक समितिले १६ प्रतिशत बोनस दिने निर्णय गरेको हो ।

बैंकको ६ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ चुक्ता पुँजी छ । बोनस सेयर वितरणपछि बैंकको पुँजी ८ अर्ब १२ लाख रुपैयाँ पुग्ने छ ।


पुष्प दुलाल