सिटीजन्सको ६० औं शाखा पाल्पाको छहरामा



काठमाडौं । सिटीजन्स बैंकले पाल्पाको छहरामा ६० औं शाखा स्थापना गरेको छ । बैंकको उद्घाटन राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले गरेका छन् ।

छहारा शाखाको स्थापनासँगै बैंकको ६० वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित बैकिङ्ग सेवाबाट करिब ३ लाखग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।. साथै, रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा संविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउदै आऐको छ ।

सो समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नरबाट भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।


पुष्प दुलाल