किशोर प्रधानले दिए जिल्ला/नगर उपाध्यक्षमा उम्मेद्वारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त जिल्ला/नगर उपाध्यक्षमा ३ जनाले उम्मेद्वारी दिएका छन् । यही भदौ १९ गते हुने निर्वाचनका लागि निरक केसी, किशोर प्रधान र प्रकाश साउदले उम्मेद्वारी दिएका हुन् ।

निर्वाचन समितिले सोमबार बिहान ११ बजेसम्म नोमिनेसनको समय तोकेको थियो ।

किशोर प्रधान यसअघिको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । बरिष्ठमा चुनाब हारेका प्रधान फेरि जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार बनेका हुन् ।

गत चैत २८ गते भएको महासंघको निर्वाचनमा प्रमोद श्रेष्ठ जिल्ला/नगर उपाध्यक्षमा निर्वाचित भएका थिए । बैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा श्रेष्ठ एमालेका तर्फबाट म्याग्दीको बेनी नगरपालिकाको मेयरमा उठेका थिए ।

विधानअनुसार महासंघले श्रेष्ठलाई उपाध्यक्ष पदबाट हटाएको थियो । महासंघको विधानमा पदाधिकारीले कुनैपनि राजनीति दलको सदस्यता लिन, उम्मेद्वार बन्न, राजनीतिक लाभको पद लिन वा सक्रिय राजनीति गर्न नपाउने व्यवस्था छ ।

किशोर प्रधान यसअघिको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्षमा पराजित भएका थिए । बरिष्ठमा चुनाब हारेका प्रधान फेरि जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वार बनेका हुन् ।

त्यसैगरी अर्का उम्मेद्वार निरक केसी यो कार्यसमितिमा कार्यकारीणी सदस्य छन् । त्यस्तै, अर्का उम्मेद्वार साउद पनि यो कार्यसमितिमा कार्यकारीणी सदस्य छन् ।


क्लिकमान्डु