चक्रपथमा फुटपाथ अतिक्रमणगरी बनाइएका टहरा यसरी भत्काइयो



काठमाडौं । चक्रपथ सफाइको २० औँ हप्तामा आज चक्रपथको नारायण गोपाल चोकदेखि गोंगबु नयाँबसपार्कसम्मको मूल सडकका दायाँ बायाँ बनाइएका टहरा भत्काइएको छ ।

यो क्षेत्रको दायाँ बायाँ बालुवा, गिटी, ढुंगा, रडलगायत निर्माण सामग्री थुपारिएको थियो ।

टहरा भत्काउन महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख सर्वेन्द्रनाथ खनाल, पूर्व श्रम तथा यातायात मन्त्री रबिन्द्र खनाल, काठमाडौँ महानगरपालिका-३ का अध्यक्ष दीपक केसी, संयुक्त राष्ट्र संघका लागि पूर्व नेपाली स्थायी प्रतिनिधि डा जयराज आचार्य, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन लगायत ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

चक्रपथ क्षेत्रको आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइ कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले राजधानी शहर काठमाडौँलाई सुन्दर बनाउन भाषण भन्दा काम गर्ने समय आएको बताए ।

आज उपत्यकाका बिभिन्न नदी र चक्रपथ सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।


क्लिकमान्डु