नेप्सेमा सामान्य सुधार, ७२ करोडको कारोबार




काठमाडौं । मंगलबार नेप्से परिसूचक २.४८ अंकले बढेर १६१४.०५ अंक पुगेको छ । लगातार केही दिन घटेको नेप्से मंगलबार थामिएको हो ।

नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार मंगलबार १ सय ६१ कम्पनीका १७ लाख ८९ हजार कित्ता सेयर किनबेच हुँदा ७२ करोड ३१ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसुचकहरुमा बैंकिङ १.०२, होटल २.८२, बिकास बैंक २.८, जलबिद्युत ११.३६, बीमा ८.१५ र अन्य ७.५२ अंकले बढेका छन् । बित्त र उत्पादन भने क्रमशः ०.९६ र ११.६४ अंकले घटेका छन् ।

मंगलबार हिमालयन पावर पार्टनरको सबैभन्दा बढि ४ करोड ७९ लाख रुपैंयाँको कारोबार भएको छ । यसैगरी नेपाल बैंकको ४ करोड ३५ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख रुपैंयाँको कारोबार भएको छ ।

हिमालयन पावर पार्टनरका लगानीकर्ताले सबैभन्दा बढि ७.४४ प्रतिशतले कमाएका छन् । यसैगरी मिसन डेभलप्मेन्ट बैंकका लगानीकर्ताले ७.२२ र ज्योती बिकास बैंकका लगानीकर्ताले ४.१९ प्रतिशतले कमाएका छन् ।

सबैभन्दा बढि गुमाउनेमा भने हिमालयन डिस्टिलरीका लगानीकर्ता रहेका छन् । उनीहरुले ३.८९ प्रतिशतले गुमाएका हुन् । साङ्ग्रीला बिकास बैंक र हिमालयन जनरल इन्स्योरेन्सका लगानीकर्ताले पनि क्रमशः ३.७९ र ३.६० प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल