पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानलै बिजयी



काठमाडौं । नेपाल पत्रकार महासंघको २५औं अधिबेसनले सत्ता साझेदार कांग्रेस-माओवादी गठबन्धनको प्यानलै निर्वाचितगरेको छ । प्रेस युनियनसहितका पत्रकारको गठबन्धनबाट महासंघको सभापतिमा गोविन्द आचार्य र उनको टीम बिजयी भएको हो ।

आचार्यले एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीका तीर्थ कोइरालालाई १ सय ५ मत पछि पारे। आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

अध्यक्ष पदका अर्का उम्मेदवार उजिर मगरले ५४, इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत प्राप्त गरे ।

त्यसैगरी, खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । उनीहरु सबै प्रेस युनियनका हुन् ।

त्यस्तै, महिला सचिवमा प्रेस सेन्टरकी लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा युनियनका उदय जीएम, युनियनकै मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा पनि युनियनकै रेमबहादुर विश्वकर्मा बिजयी भएका छन् । त्यसैगरी, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा निर्वाचित राजेश मिश्र पनि युनियनकै हुन् ।

लेखा समिति संयोजकमा प्रेस सेन्टरका रोशन पुरी विजयी भएका छन् । लेखा समिति सदस्यमा युनियनका मिरा राजभण्डारी र भुपेन्द्र आचार्य विजयी भए ।

खुल्ला केन्द्रिय सदस्यमा पनि गठबन्धनको प्यानलै बिजयी भएको छ । प्रदेश केन्द्रीय सदस्यमा मिश्रित परिणाम आएको छ ।

कुन प्रदेशबाट को निर्वाचित भए ?

प्रदेश नम्बर १

सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)

प्रदेश नम्बर २

देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)

प्रदेश नम्बर ३

द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)

प्रदेश नम्बर ४

रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल (प्रेस सेन्टर)

प्रदेश नम्बर ५

बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)

प्रदेश नम्बर ६

कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)

प्रदेश नम्बर ७

मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।

काठमाडौं उपत्यका

लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)

प्रतिष्ठानतर्फ

टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

कुन उम्मेदवारले कति मत पाए ?


पुष्प दुलाल