६ अंकले घट्यो नेप्से, ५२ करोडको कारोबार




काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ६.४ अंकले घटेको छ । नेप्से परिसुचक १६११.५७ अंकमा अडेको छ ।

सोमबार नेप्सेमा १ सय ५४ कम्पनीका २६ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ५२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको ७ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अन्य समूह ०.५७ प्रतिशले बढेको छ ।

बैंकिङ समूह ४.४३, होटल समूह ३.२६, विकास बैंक समूह ९.७८, जल विद्युत समूह ३.८७, वित्तिय समूह ०.६५, बीमा समूह ७५.९५ र उत्पादन मूलक समूह १८.३९ अंकले घटेका छन् ।

हिमालयन पावर पार्टनका लगानीकर्ताले १० प्रतिशत र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.४ प्रतिशतले कमाएका छन् ।

हिमालयन डिस्टेलरीको लगानीकर्ताले ५.८ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल