चक्रपथ सफाई अभियान सुरु
काठमाडौं । वागमती जस्तै शनिबारदेखि चक्रपथ सफाई अभियान सुरु भएको छ । पहिलो पटक चक्रपथको बाफलबाट अभियान सुरु भएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो ।
पहिलो दिन बाफलबाट स्युचाटार पुलसम्म सरसफाई गरिएको हो । सडकमा भएको ढुलो वढार्ने, सडक छेउमा रहेका झारपाट काट्ने, चक्रपथ आसपासका फोहोर संकलन गर्नेलगायतको सफाईको काम भएको थियो ।
सफाईको काम बिहान ७ वजेदेखि ९ बजेसम्म भएको थियो । सफाईमा ५ सय वढीको सक्रिय सहभागिताका थियो । स्थानीय, शशत्र प्रहरी , नेपाल प्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा जन प्रतिनिधिहरु सरसफाईमा जुटेका थिए ।
वागमति सफाईका अभियन्ता, नेपाल सरकारका पूर्व सचिव एवं साझा पार्टीका नेता किशोर थापाले अभियानको उदघाटन गरेका थिए । कार्यक्रममा वरिष्ठ हास्यकलाकार श्रीकृष्ण सिम्खडालगायतका विशिष्ठ ब्यक्तित्वहरु पनि सहभागी रहेका थिए ।
सफाई अभियान हरेक शनिबार विहान ७ वजेदेखि ९ बजेसम्म २ घण्टा सञ्चालन गर्ने योजना रहेको चक्रपथ सफाई अभियानका अभियन्ता ताराबहादुर कुँंवरले बताए ।
‘हामी झार खान्छौ तर हार खाँंदैनौ, चक्रपथलाई सफा गरी हराभरा योजना बनाएका छौं,’ , अभियन्ता कुँंवरले भने
कुनै सरकारी, गैरसरकारी संस्थाबाट सहयोग नभई व्यक्तिगत रुपवाट नै सफाई अभियान सुरु गरिएको हो । सफाई अभियानमा चक्रपथ ओरपरका कसैको पनि व्यक्तिगत स्वार्थ छैन, समाजकै लागि हो, कुँंवरले भने । सफाईका लागि आवश्यक ज्याकेट, पंन्जा, माक्स, डोको, सावेललगायत खानेपानी सवै सामुहिक रुपमै ब्यवस्था गरिएको थियो ।
चक्रपथ सफाई तथा हरियाली अभियान अन्तर्गत २ वर्ष अगाडि ७ हप्ता यस्तै सफाई अभियान चलेको थियो । त्यस क्रममा सफाईका साथै बन विभागबाट २ सय वटा विरुवा ल्याई रोपिएको पनि थियो । तर चक्रपथ विस्तार सञ्चालनको खवरपछि अभियान रोकिएको थियो । चक्रपथमा बढदो सवारी चाप एवं मानिसको चापका कारण दिन प्रतिदिन बढदो फोहर र धुलोका कारण सर्वसाधारण एवं पर्यटकहरुलाई आवागमनमा सास्ती पुगेका कारण चक्रपथ सफाई अभियानको थालनी गरिएको हो ।
अभियन्ता कुँंवरले अहिले पनि चक्रपथ विस्तार योजना रहेकोले सफाई मात्रै गर्ने बताए । चक्रपथ विस्तारपछि चक्रपथ आसपास हराभरा बनाउन वृक्षारोपण गर्ने र चक्रपथ सुगन्धित बनाउने योजना रहेको सुनाए ।
उनका अनुसार अव खोला सफा मात्र गरेर नहुने वताउँदै यदि खोला नाला सफा गर्नु छ भने खोलामा बगेर जाने फोहरलाई बाटोवाटै नियन्त्रण गर्ने अभियान आफुहरुले थालनी गरेको बताए । हाम्रो अभियान केवल चक्रपथ सफा गर्ने मात्र नभएर पुरै काठमाण्डौ उपत्यका हराभरा वनाउने हो जसका लागि सवै एक जुट हुन आवश्यक छ ।
चक्रपथ सफाईको पहिलो दिन १३ टन फोहर संकलन भएको थियो । संकलित फोहरलाई फोहर उठाउने गाडीमा राखी काठमाण्डौं महानगरपालिका वडा नम्वर १३ ले ब्यवस्थापन गरिएको थियो ।
सफाई अभियानमा नार्गजुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी , काठमाण्डौ महानगरपलिका १३ नंम्वर वडा अध्यक्ष धुर्वनारायण मानन्धर वडा सदस्य रामवावु कोईराला , नागरर्जुन नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष करण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना , ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन , नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगायतका ब्यक्तित्वहरु सहभागी रहेका थिए ।