१२ अंकले घट्यो नेप्से, ७९ करोडको कारोबार




काठमाडौं । नेपाल स्टोक एक्चेन्ज (नेप्से) परिसुचक ११.७८ अंकले घटेको छ । नेप्से १६१७.९७ अंकमा अडेको छ ।

साताको पहिलो दिन नेप्सेमा १ सय ५९ कम्पनीका ४६ लाख ७८ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । ७९ करोड ४६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

होटल समूहमा ४.२१ अंकको बृद्धि देखिएको छ ।
बैंकिङ समूह १२.२, विकास बैंक समूह १४.८५, जल विद्युत समूह १५.७१, वित्तिय समूह ६.६६, बीमा समूह ३९.७४, उत्पादन मूलक समूह २५.७१ र अन्य समूह २.८९ अंकले घटेका छन् ।

स्वरोजगार लघु वित्त विकास बैंकका लगानीकर्ताले ९.९७ प्रतिशतले कमाएका छन् ।
हिमालयन डिस्ट्रिलेरीका लगानीकर्ताले ९.९२ प्रतिशत र वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सका लगानीकर्ताले ९.१४ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल