सिभिल बैंकको इपिएस ६.५ रुपैयाँ मात्र, ४० प्रतिशत हकप्रद किन्ने कि नकिन्ने ?




काठमाडौं । सिभिल बैंकले गत आर्थिक बर्षमा २.०१ प्रतिशतको झिनो अंकले नाफा बढाएको छ । बैंकले अपरिष्कृत बित्तीय बिवरण प्रकाशित गर्दै ३३ करोड ८१ लाख रुपैंयाँ खुद नाफा कमाएको जनाएको हो । अघिल्लो आर्थिक बर्ष बैंकले ३३ करोड १४ लाख रुपैंयाँ खुद नाफा गरेको थियो ।

सिभिलको ब्याज आम्दानी अघिल्लो बर्षको ९९ करोड ४८ लाखबाट बढेर गत बर्ष १ अर्ब १२ करोड रुपैंयाँ पुगेको छ ।

५ अर्ब १८ करोड रुपैंयाँ चुक्ता पुँजी भएको बैंकले राष्ट्र बैंकले तोकेबमोजिम ८ अर्ब रुपैंयाँ चुक्ता पुँजी पुर्याउन ४० प्रतिशत हकप्रदको प्रस्ताव गरेको छ । हकप्रद पछि बैंकको चुक्ता पुँजी ७ अर्ब २५ करोड रुपैंयाँ पुग्नेछ ।

त्यसपछि पनि बैंकले थप १०.३४ प्रतिशतले पुँजी बढाउनुपर्नेछ । बैंकको रिर्जभ १७९.८९ प्रतिशतले बढेर १ अर्ब ४९ करोड रुपैंयाँ पुगेको छ ।

गत बर्ष सिभिलले ३४ अर्ब ११ करोड रुपैंयाँ निक्षेप संकलन र २९ अर्ब ४९ करोड रुपैंयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो बर्ष बैंकको निक्षेप ३१ अर्ब ५६ करोड र कर्जा परिचालन २५ अर्ब ७० करोड रुपैंयाँ थियो ।

बैंकको खराब कर्जा अघिल्लो बर्षको तुलनामा निकै बढेको छ । अघिल्लो बर्ष २.७० प्रतिशत खराब कर्जा भएको बैंकको गत बर्ष बढेर ४.०५ प्रतिशत पुगेको छ ।

बैंकको प्रति सेयर आम्दानी ६.५२ रुपैंयाँ, नेटवर्थ १२८.८० रुपैंयाँ र मुल्य आम्दानी अनुपात ३७.७३ गुणा रहेको छ ।


क्लिकमान्डु