मुक्तिनाथ विकास बैंकको ४० प्रतिशत हकप्रद खुल्यो, कहाँबाट दिने आवेदन ?



काठमाडौं। मुक्तिनाथ विकास बैंकले जारी गरेको ४० प्रतिशत हकप्रद सेयर आइतबारदेखि बिक्री खुल्ला भएको छ।

बैंकले चुक्ता पूँजी १ अर्ब ५४ करोडको ४० प्रतिशत हकप्रद अर्थात् ६१ लाख ७० हजार कित्त हकप्रद जारी गरेको हो।

साउन १९ गतेसम्म किनेका सेयरधनीले १०० कित्ता हुनेले ४० कित्ता आवेदन दिन पाउने छन् । हकप्रद जारि गरेसँगै बैंकको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ नाघ्नेछ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआर्इबिएल क्यापिटल छ ।

लाजिम्पाटस्थित एनआविएल क्यापिटलको मूख्य कार्यालय, मुक्तिनाथ विकास बैंकका सबै कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विराटनगर, नेपालगञ्ज र धनगढीबाट हकप्रद सेयरको आवेदन दिन पाइने एनआविएल क्यापिटलका डेपुटी सीइओ मेखबहादुर थापाले जानकारी दिए ।


पुष्प दुलाल