स्वदेशी लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । स्वदेशी लघुवित्त संस्थाको सञ्चालक समितिले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

सञ्चालक समितिले प्रस्ताब गरेको बोनस सेयर राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै वितरण गरिनेछ ।

कम्पनीले गत आर्थिक बर्षमा २ करोड ३९ लाख ६३ हजार रुपैंया नाफा कमाएको थियो । सुनसरीको ईटहरीमा केन्द्रिय कार्यालय रहेको स्वेदेशीको चुक्ता पूँजी १० करोड रुपैंया छ । बोनसपछि कम्पनीको पूँजी डेढ करोडले बढ्नेछ ।


पुष्प दुलाल