यति एयरलाइन्सले थाल्यो एटीआरबाट व्यवसायिक उडान



काठमाडौं ।  यती एयरलाइन्सले एटीआर ७२–५०० जहाज मार्फत व्यवसायिक उडान सुरु गरेको छ । विगतमा साना जहाज मार्फत मात्रै उडान गर्दै आएको यतिले पहिलो पटक एटिआर जहाज मार्फत उडान सुरु गरेको हो ।

जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यतिको पहिलो एटीआर विमान गत साउन ७ गते काठमाडौं ल्याएको थियो । एयरलाइन्सले १ अर्ब रुपैयाँ खर्चिएर उक्त जहाज नेपाल ल्याएको थियो ।

फ्रान्सेली कम्पनी एटीआरको ७२–५०० सिरिजको विमान जहाजमार्फत यतिले पहिलोपटक सेवा थालेको हो । विमानले पहिलो उडान भैरहवामा भरेको छ । भने ब्यवसायिक उडान भने नेपालगञ्जबाट थालेको हो ।

एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ्नो बजारलाई तल झर्न नदिने रणनीतिका साथ एटीआर विमान मार्फत उडान थालेको हो ।

एयरलाइन्सले सेप्टेम्बरभित्रै दोस्रो विमान ल्याएर भैरहवा, भद्रपुरमा पनि एटीआरमार्फत नै सेवा दिने योजना यतिको छ । ७२ सिट क्षमताको एटीआर ७२–५०० विमान नेपालका ट्रंक उपयुक्त मानिन्छ ।

कम्पनीले अब एक वर्षभत्र थप २ वटा एटीआर ल्याउने योजना समेत बनाएको छ । नयाँ जहाज आएसँगै यतिको विमान संख्या ७ पुगेको छ । यतिले अहिलेसम्म ३० सिटे जेटस्ट्रिम–४१ सिरिजका ६ वटा विमान चलाइरहेको छ । अहिले बुद्ध एयरसँग पनि ४ वटा एटीआर छन् । सन् १९९८ मा स्थापित यती एयरलाइन्सले भगिनि संस्था तारा एयर रहेको छ । ताराले विशेषगरी नेपालको दुर्गम क्षेत्रमा उडान भरिरहेको छ ।


क्लिकमान्डु