नेप्सेमा नेपाल लाइफको मात्रै ८ करोडको कारोबार, कसले कमाए कसले गुमाए ?



काठमाडौं । नेप्से परिसूचक घट्न थालेसँगै कारोबार रकममा पनि कमी आउन थालेको छ । बिहिबार नेप्से परिसूचक ४.६८ अंकले घट्यो भने कारोबार रकम पनि ६९ करोड १९ लाख रुपैंयाँमा समेटियो ।

नेप्सेले दिएको जानकारी अनुसार बिहिबार १६४ कम्पनीका २० लाख ४७ हजार कित्ता सेयर किनबेच भएको थियो ।

सबैभन्दा बढि कारोबार भने नेपाल लाइफको भएको छ । कम्पनीको ४ करोड ६५ लाख रुपैंयाँको कारोबार भएको छ ।

दोस्रोमा पनि नेपाल लाइफको प्रमोटर सेयरको ३ करोड ३४ लाख रुपैंयाँको कारोबार भएको छ । ४२ प्रतिशत नगद लाभांश घोषणा गरेको नबिल ब्यालेन्स फण्डको ३ करोड २१ लाख र फर्वाड कम्युनिटि माइक्रोफाइनान्सको १ करोड ९८ लाख रुपैंयाँको कारोबार भएको छ ।

उपसूचकहरुमा बैंकिङ ०.६९ अंकले बढ्यो भने अन्य सबै घटेका छन् । होटल १४.२, बिकास बैंक ८.०४, जलबिद्युत १.८९, बित्त २.३३, बीमा ७७.१२, उत्पादन ५९ र अन्य ४.३४ अंकले घटेका छन् ।

बिहिबार एउटा कम्पनीको सेयर मुल्यमात्र १० प्रतिशतले बढेको छ । सृजना फाइनान्सको सेयर मुल्य १० प्रतिशतले बढेको हो ।

सबैभन्दा बढि गुमाउनेमा भने हिमालयन डिस्टिलरीका लगानीकर्ता रहेका छन् । उनीहरुले झण्डै १० प्रतिशतले गुमाएका छन् । दोस्रोमा वल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ८.१३ प्रतिशत र नागबेली लघुबित्तका लगानीकर्ताले ६.६९ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल