रुपन्देहीको मणिग्राममा लक्ष्मी बैंकको नयाँ शाखा



काठमाडौं । लक्ष्मी बैंकले रुपनदेहीको, मणिग्राममा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । भैरहवा र बुटवल पश्चात्, बैंकको यस् क्षेत्रमा, यो तेस्रो शाखा हुनेछ ।

योसँगै बैंकको शाखा संजाल ६९, ३ हस्पिटल सेवा काउन्टर, ८८ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ ।

सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरा लई फराकिलो पार्दै जाने लक्ष्य बैंकले लिएको छ ।

विशेष गरी साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गरेको छ । जस अनुरुप देशका विभिन्न क्षेत्रका साना तथा लघु उद्यमीतथा कृषकहरुलाई सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै वित्तीय सेवातथा सल्लाह प्रदान गरी उनीहरुको व्यवसाय प्रवद्र्धन तथा वित्तीय व्यवस्थापन कार्यमा ठूलो मद्दत पु¥याएको छ ।

आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ । सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदानगर्न सफल भएको छ ।

तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता संपूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पु¥याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा बंैक अगाडी आएको छ । उच्चस्तरीय संस्थागत सु-शाषन संस्कार, जोखिम व्यवस्थापन प्रणाली, र सक्षम प्रविधी लगायत उत्तम व्यवस्थापन भएको बैंकको रुपमा लक्ष्मी बैंक नेपालमा सर्वत्र परिचित छ ।

बैंकले करिब ७०० भन्दा बढी कर्मचारी मार्फत ३६ जिल्लामा आफ्नो सेवा पु¥याएको छ । यस भौतिक उपस्थितिका अतिरिक्त लक्ष्मी बैंक विद्युतिय बैंकिङ्ग सेवा प्रवाहको प्रवर्तकको रुपमा समेत कार्य गर्न सक्षम भएको छ ।

बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा संचालन गरेको हो ।

आ.व. २०७३/७४मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोहि आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशतले बढी हो ।


पुष्प दुलाल