बिराटनगरका मेयर भन्छन्- नआत्तिनोस्, हामी डुंगाबाट युद्धस्तरमा राहत र उद्दार गरिरहेका छौं



काठमाडौं । बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले महानगरबासीहरुलाई नआत्तिन आग्रह गरेका छन् ।

महानगरले डुंगाको प्रयोग गरेर युद्धस्तरमा राहत र उद्दारको काम गरिरहेको जानकारी दिँदै मेयर पराजुलीले बाढीपिडीतहरुलाई नआत्तिई सचेत रहन आग्रह गरे ।

‘अहिलेसम्म हामीले १६ सय जनाभन्दा बढी बाढीपिडतको उद्दार गरिसकेका छौं, उद्दारकार्य युद्दस्तरमा भइरहेको छ,’ पराजुलीले क्किमाण्डूसँग भने, ‘नआत्तिनोस्, हामी राहत र उद्दारमा युद्धस्तरमा खटिइरहेका छौं ।’

धेरै ठाउँमा स्थानीय जनता, प्रशासन र महानगरले राहत र उद्दार गरिरहेका छन् । उद्दारको प्राथमिकता वृद्धवृद्धद्धा, बालबच्चा, असहाय, अशक्त र बालबच्चा रहेको पराजुलीले सुनाए ।

‘उद्दार गरिएकाहरुलाई स्थानीय विद्यालय, पुस्तकालय सुरक्षित सासर्वजानिक स्थानमा राखिएको छ, स्थानीय र महानगरको सहकार्यमा त्यहाँ च्यूरा, भूजा, चाउचाउ, बिस्कुट, पानीलगायतका खाद्यान्न वितरण गरिरहेका छौं,’ उनले भने, ‘हामी आवश्यकताको सिद्दान्तअनुसार राहत र उद्दारमा लागि परेका छौं ।’

मेयर पराजुलीले बिराटनगरमा ठूलो विपत्ति आइपरेकाले सबैलाई राहत उद्दामा सहयोग गर्नुका साथै आर्थिक सहयोग गर्न आग्रह गरे ।

‘महानगरको बैंक खातामा आर्थिक सहयोग गरे सदभाव राखिदिनुहुन देश विदेशमा रहनुभएका सबैलाई आग्रह गर्दछौं,’ उनले भने ।

शुक्रबारदेखि भएको भारी वर्षाका कारण बिराटनगरलगायतका देशका धेरैजसो मधेस बाढीले डुबानमा परेको छ भने पहाडी जिल्लाहरुमा पहिरोका कारण जनजीबन अस्तव्यस्त छ । अहिलेसम्म करिब ५ दर्जनले ज्यान गुमाइसकेका छन् । के कति बेपत्ता छन् भन्ने यकिन बिबरण आइसकेको छैन । बाढीपहिरोले देशभर अर्बौंको क्षति भएको अनुमान गरिएको छ ।


पुष्प दुलाल