४ अंकले बढ्यो नेप्से, १ अर्बको कारोबार




काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ४.४७ अंकले बढेर १६६५.०५ अंकमा पुगेको छ । १५९ कम्पनीका ३२ लाख ९३ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब १ करोड रुपैंयाँको कारोबार भएको छ ।

आइतबा बैंकिङ ११.०९, उत्पादन १७.६९ र अन्य ५.७९ अंकले बढेका छन् भने अन्य सबै उपसूचकहरु घटेका छन् । होटल ३४.१९, बिकास बैंक ३.१३, जलबिद्युत १६.३३, बित्त ६.९३ र बीमा ५०.२७ अंकले घटेका छन् ।

आइतबार नेपाल हाइड्रोको सबैभन्दा बढि ८ करोड ४१ लाख रुपैंयाँको र दोस्रोमा प्राइम कमर्सियल बैंकको ५ करोड ९८ लाख रुपैंयाँको कारोबार भएको छ ।

आइतबार ललितपुर फाइनान्स र बल्र्ड मर्चेन्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि ९.६३ र ९.०४ प्रतिशतले कमाएका छन् । यसैगरी गण्डकी बिकास बैंक र जलरल फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि ९.८७ र ९.२ प्रतिशतले गुमाएका छन् ।


पुष्प दुलाल