हातेमालो सहकारीको तेस्रो त्रिवर्षीय रणनीतिक योजना कार्यशाला सम्पन्न



चितवन । हातेमालो बचत तथा ऋण सहकारी संस्थाले तेस्रो त्रिवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न गरेको छ । संस्थाको सञ्चालक समिति, लेखा समिति र कर्मचारीहरु सम्मिलित कार्यशालाले आगामी ३ वर्षका लागि लक्ष्य तथा कार्यक्रम तय गरेको छ ।

संस्थाका अध्यक्ष एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चालक डा. कृष्ण पौडेलले दोस्रो त्रिवर्षीय रणनीतिक योजनाले हातेमालो साकोसलाई प्रदेश नम्बर २ को उत्कृष्ट संस्थाको रुपमा विकास भएको बताए । साथै, आगामी ३ वर्षभित्र ७ हजार सदस्यहरुबीच ७५ करोड रुपैयाँ नजिक कारोबार पुर्याउने बताए ।

करीब ९ वर्षअघि ८२ जना सदस्यहरुले सुरु गरेको हातेमालो सहकारीमा हाल ३ हजार सदस्यहरुबीच २८ करोड रुपैयाँको कारोबार भइरहेको छ ।


पुष्प दुलाल