१५ बर्षपछि चितवनको भण्डारामा नेपाल बैंकको शाखा



चितवन । नेपाल बैंकले चितवनको भण्डारामा शाखा पुनस्थापना गरेको छ । सशस्त्र संघर्षका कारण २०५९ चैत ५ गतेदेखि बन्द भएको बैंकको शाखा १५ बर्षपछि पुनस्थापना गरिएको हो ।

बैंकको १ सय ३२ औ शाखाको स्थानीय ग्राहक गीता राईले महिला वचत खाता खालेर सुरुवात गरिन् । सो समारोहमा शाखा प्रवन्धक हिमाल गिरी लगायत स्थानीय व्यापारी उद्यमी तथा सर्वसाधारणको उपस्थिति थियो ।


पुष्प दुलाल